पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते

चितवन/चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको हो ।

घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने २७ वर्षिय कल्पना गुरुङ र २३ वर्षिय तिर्थ कुमारी गुरुङ रहेको पण्डितले जानकारी दिएका छन् । दुवैजनाको हातमा मध्यम चोट लागेकोले स्थानीय मेडिकल मुग्लिनमा उपचार भइरहेको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।