आज ऋषि पञ्चमी

काठमाण्डौ/भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।