कोरोनाको कारण चितवनमा एक जनाको मृत्यु

चितवन/कोरोनाको संक्रमणको कारण चितवनमा एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणले गम्भीर भएका खैरहनी नगरपालिकाका ४७ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालमा मृत्यु भएको कोभिड क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले जानकारी दिए ।

डा. पौडेलले सुगर, प्रेसर जस्ता कुनै दीर्घरोग नभए पनि उनको कोरोनाको कारणले निमोनिया भई अक्सिजनको तह घटेर निधन भएकोले सबै जना सतर्क हुन आग्रह गरे ।
यस्तै चितवनमा सक्रिय संक्रमितको संख्या ८३ पुगेको छ ।