प्रचण्डले गरे आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन

काठमाण्डौ/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो ।

प्रचण्ड पाँच दिने भ्रमणका लागि अस्ति जापान जानु भएको हो । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु भएका प्रचण्ड आउँदो २५ गते स्वदेश फर्कनुहुनेछ ।