थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं/केही दिन यता देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा तीन सय एक जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा पाँच हजार चार सय ३३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ५५ हजार पाँच सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।