आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौं/पेट्रोलियम पदार्थ मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० वृद्धि भएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत नै कायम भएको छ । हाल एलपी ग्यासको मूल्य एक हजार ८ सय रूपैयाँ रहेको छ।
निगमले भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु बाध्य भएको पनि बताएको छ ।