रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा श्रेष्ठ।

रोट्र्‍याक्ट क्लब भरतपुर हाईटकाे वर्ष २०२२/२३को अध्यक्षमा अपेक्षा श्रेष्ठ चयन भएकी छन् । क्लबको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन समारोहमा उनलाई वर्ष २०२१/२२ का अध्यक्ष किशोर रिजालले पद हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठकाे नेतृत्वमा वर्ष २०२२/२०२३को लागि निवर्तमान अध्यक्षमा किशोर रिजाल, इलेक्ट प्रेसिडेन्टमा सुरज भण्डारी , उपाध्यक्षमा श्वयता दुलाल, सचिवमा अनिष काफ्ले , कोषाध्यक्षमा मन नारायण श्रेष्ठ , क्लब सर्भिस डाइरेक्टरमा मुना सापकोटा , प्रोफेसनल सर्भिस डाइरेक्टरमा अस्मि न्यौपाने , कम्युनिटी सर्भिस डाइरेक्टरमा नितिशा सेडाई, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा पुजा खरेल , टि. आर. एफ. चियर निरन्जन राज न्यौपाने, सर्जेन एट आर्ममा अन्जली उपाध्याय,पब्लिक इमेज चियर ध्रुव शर्मा, मेम्बरसीप चियर माेनिका राजभण्डारी, सम्पादकमा सचिन श्रेष्ठ चयन भएका छन् ।
पद हस्तान्तरण गर्दै वर्ष २०२१–२२का अध्यक्ष किशोर रिजालले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएका थिए । उनले आफ्नो एक वर्षे कार्यकालमा चितवन जिल्लाका विभिन्न ठाउँमा चिसोको समयमा ब्लाङ्केट वितरण, विद्यालयमा खानेपानी व्यवस्थापन लगायतका थुप्रै सामाजिक कार्यहरु गरिएको बताए छन् । यसैगरी बर्तमान अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नाे कार्याकालमा मुलतः महिला स- शक्तिकरण तथा बालबालिकाकाे हक हितका लागि डटेर लाग्ने बताएकि छन् ।