आजको मौसमः धेरै स्थानमा हल्का देखि मध्यम वर्षा

काठमाण्डौ/आजको मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम विभागले जानकारी दिएको छ।

यस्तै देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।