हत्या आरोपमा एक जना पक्राउ

सुनसरी/प्रहरीले हत्या आरोपमा एक जनालाइ पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा हत्या गरेको आरोपमा वराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । धामीले १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।