रत्ननगरमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन/कारको ठक्करबाट पूर्वीचितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा एक जनाको मृत्यु भएको छ ।

चितवन प्रहरीका अनुसार आइतबार अपरान्ह ५ः४० बजेको समयमा मगरटोलबाट गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारले ठक्कर दिँदा स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान (अधिकारी)को मृत्यु भएको हो ।

कारको ठक्करबाट स्थानीय ५५ वर्षीया राधीका बोटे समेत गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ ।

कार चालक फरार रहेका छन् भने कार इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।