गोली लागेर दाङमा एक जनाको मृत्यु

दाङ/सिकार खेल्ने क्रममा गोली लागेर दाङको लमही ९ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बँगलाचुली गाउँपालिका वडा नम्बर २ रानीखुट्टीको जंगलमा सिकार खेल्ने क्रममा गोली लागेर मगरको मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका मध्ये ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शवलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको छ ।