बलत्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डौं/ बलात्कार पीडित युवतीलाई न्याय दिन माग गर्दै काठमाण्डौको माइतीघरमा प्रदर्शन भएको छ ।
आठ वर्षअघि एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले बलात्कार घटनाका पीडित युवतीलाई न्याय दिलाउन सहयोग गर्न सबैलाई अपिलसमेत गरेका छन् ।

उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने र बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्न, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर्न माग गरेका छन् ।

एक युवतीले सौन्दर्भ प्रतियोगिताको क्रममा आठ वर्षअघि आफूलाई आयोजक संस्थाका व्यक्तिले बलात्कार गरेको घटना सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।