जीतपुरसिमारा उपमहानगरमा माओवादीको जित, पाैडेल बने प्रमुख

चितवन/बाराको जितपुर सिमारा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले सानदार जीत हासिल गरेको छ।
मधेश प्रदेशको एकमात्र उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका हुन्।
पौडेलले १८ हजार ७ सय ४३ मत ल्याए। एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन्।
पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए। त्यसबेला माओवादी केन्द्रले १० वडा जितेको थियो।

यस्तै उपप्रमुखमा भने एमालेका भोला प्रसाद अधिकारी निर्वाचित भएका छन्। अधिकारीले गठबन्धनकी साझा उम्मेदवार मेघा शाहीलाई पराजित गरि बिजयी बनेका हुन।