निर्विरोध भएकासहित अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक

एमालेको ४, कांग्रेस र एकीकृत समाजवादीको दुई/दुई ठाउँमा जित

काठमाण्डौ/निर्विरोध भएकासहित अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।

एमाले :
मनाङको मनाङ डिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)