युद्ध रोक !

युक्रेन रुस युद्धको कारण युरोपमा मात्र होईन पुरै बिश्वमा आर्थिक मन्दीको अवस्था आईसकेको छ । मुख्यतः रुस युक्रेन युद्धमा पश्चिमा मुलुकहरुको भुमिकाको कारण अहिले बिश्वभर आर्थिक मन्दी शुरु भएको हो । मन्दीले पुरै बिश्वलाई लपेटीसकेको भएपनि युद्ध रोक्न कोही तयार देखिदैनन् जस्को कारण बिश्वभर अहिले कतै तेश्रो बिश्वयुद्धमा त् दुनियाँ जादैछैन् भन्ने गम्भिर प्रश्न उब्जीएको छ । बिश्वयुद्धको घण्टी बज्न थालेको भएपनि आफुलाई महाशक्ति बताउने ठुला देशहरु युद्ध रोक्न बिशेष पहल लिनुको सट्टा युद्धलाई कसरी आफ्नो स्वार्थमा प्रयोग गर्ने भन्दै लागीरहेको दुःखद स्थिती देखिरहेको छ । युक्रेन रुस युद्ध रोक्ने, समाधानको उपाय खोज्ने भन्दा पनि मुख्यतः अमेरिका लगाएतका केही पश्चिमा मुलुकका शासकहरु आगोमा घ्यू थप्दै युद्धलाई थप भड्काईरहेका छन् । जस्ले गर्दा बिश्वभर महंगाई, अभाव र बेरोजगारी ह्वात्तै बढेको छ । डलरको बलमा शासन गरेको अमेरिकाको कारण साना देशहरु आर्थिक रुपमा टाट पल्टिन लागीसकेका छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा श्रीलंका श्रीलंकालाई लिन सकिन्छ । डलर सञ्चीतीको अभावले गर्दा ति देशहरु टाट पल्टिने अवस्थामा पुगेका हुन् । यो सबै युद्ध र भुमण्डलिकरणको प्रभाव हो । हिजो बिश्वबजारिकण, भुमण्डलीकरण र खुल्ला बजार अर्थतन्त्रकै कारण बिश्वका गरिब मुलुकहरुले आज महंगाई, अभाव र बेरोजगारी समस्या झेल्नुपर्ने अवस्था आएको हो । आफ्ना देशका उधोग तथा कलकारखना बन्द गरी बिदेशबाट आयात गर्ने प्रबृती बढेकै कारण साना देशहरु झन गरिब परनिर्भर र भिखमगुवाको हालतमा पुगेका हुन् । नेपालमा पनि त्यो स्थिती आईसकेको छ । देशमा उत्पादनमुलक उधोगको बढवा, पर्यटनको बढवा र स्वदेशबाट बिदेशिन सक्ने रकम रोक्ने उपाय बिदेशी रेमिट्यान्सलाई बढाउने र आयात नियन्त्रण गर्दै जानुपर्ने परिस्थीती आईसक्यो । त्यसैले, युद्धकै कारण यो सब खराब अवस्था सिर्जना भईरहेको छ । युद्ध रोकिएमा बिश्वमा फेरी बिस्तारै आर्थिक अवस्था सुध्रिन सक्छ । युद्धले क्ष्णिक रुपमा कसैलाई फाईदा त् पुग्ला तर दिर्घकालिन रुपमा कसैलाई फाईदा पुग्दैंन । यो कुरा मुख्यतः अमेरिका तथा उस्का साझेदार, रुस अनि युक्रेनले बुझ्न जरुरी छ । रुसलाई घेर्ने अमेरिकी रणनिती नै युद्धको कारक हो । तर्सथ युद्ध रोक्न अमेरिकी रणनितीमा युद्धपिपासुपनको अन्त्य आजको आवश्यक्ता हो । अमेरिकाले अब युद्ध र हतियार उत्पादन गर्ने होईन शान्तीको नेतृत्व गर्नुपर्दछ । रुस अमेरिका सबै मिली शान्ती र मानव सभ्यतालाई बचाउन लाग्नुपर्दछ । यस बिषयमा स्वंय अमेरिका लगाएतका महाशक्तिशाली देशका आम जनताहरु जागृत भई आ आफ्ना देशका शासकहरुलाई युद्ध रोक भन्दै अब सडकमा उत्रिनुपर्दछ ।
अतः बिश्व शान्ती स्थापना र गरिबी नियन्त्रण, भोकमारी बेरोजगारी अन्त्य, उत्पादनमा बढवा र बिकासको लागी बिनासकारी युद्धको अन्त्य आजको आवश्यकता हो । युद्ध पिपासुहरु तत्काल युद्ध रोक ।