चुनावमा भड्कीलोपन हटाऊ ।

स्थानीय निर्वाचन २०७९ शुरु भईसकेको छ । आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनको तयारी निर्वाचन आयोगले तिब्र रुपमा गरिरहेको छ । दलहरुले मनोनयन दर्ता गरी घरदैलो अभियान शुरु गरिसकेका छन् । मनोनयन दर्तासँगै घरदैलो अभियानमा रहेका दलहरुले चनावमा भडकिलोपन गर्नु हुदैन । बिगतका निर्वाचनहरु एकदमै भड्किलो भएको भन्दै आमरुपमा आलोचना भएको थियो । उमेद्धवार र दलहरुले आफुले नै जित्नुपर्ने मानसिक्ताले गर्दा चुनाव भड्किलो हुनेगरेको जानकारहरु बताउँछन् । अहिले पनि मनोनयन गर्नेक्रममा केही उमेद्धवारहरुले भड्किलोपन देखाएका छन् ।
उमेद्धवार र दलहरुले मनोनयन दर्ताको क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन पर्यवेक्षण समिति नेपालले सार्बजनिक गरेको छ । समितीका अनुसार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताकै क्रममा कतिपय उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएको जनाएको हो । समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने सिलसिलामा ठूला राजनीतिक दलहरु लगायत अन्य क्षेत्रीय तथा साना प्रभावशाली राजनीतिक दलहरु तथा स्वतन्त्र आकांक्षीहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको देखिने गरी ‘नाङ्गो उल्लंघन’ गरेका घटना र त्यसलाई प्रमाणित गर्ने तस्बिरहरु, भिडियोहरु प्राप्त भएको जनाएको हो ।
निर्वाचनको माहौल बन्दै जाँदा आम मतदाता एवं जनसाधारणमा उल्लास र जाँगर देखिनु लोकतन्त्रको सम्वद्र्धन र प्रवद्र्धनका लागि राम्रो लक्षण भए पनि निर्वाचनमा उम्मेदवारी दर्ता गर्न दिईएको समयमा निर्वाचन आचारसंहिताको पालना गरिएको नदेखिएको समितिले जनाएको छ ।
यसरी उमेद्धवारी दर्ताकै क्रममा आचारसंहिता उल्लंघन गर्ने दल र उमेद्धवारहरुले आचारसंहिता उल्लंघन गर्दे जाँदा चुनाव भड्किलो हुन जान्छ । अतः निर्वाचन आयोगले भने झै दलहरु अनुशासनमा बस्न जरुरी देखिन्छ ।