कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं/कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेकोको हो ।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ७९।०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ । साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।