आज सबै प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ/आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना हुनेछ ।
यस्तै, आजराति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
भोलि पनि देशका धेरै ठाउँको मौसम बद्ली हुनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । पर्सि पनि देशका केही ठाउँमा वर्षा र हिमपातको अनुमान गरिएको छ ।