जनपत्रकार संगठन नेपाल म्याग्दीको अध्यक्षमा बादल शाही

नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सङ्गठनले बेनिबजार म्याग्दीमा एक कार्यक्रम गर्दै भेला सम्पन्न गरेको हो । सम्पन्न जिल्ला भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जनपत्रकार सङ्गठन नेपाल म्याग्दीका निवर्तमान संयोजक बादल शाहीको अध्यक्षतामा सम्पन्न भएको भेलाले ११ सदस्यीय सङ्गठनको नयाँ कार्यसमिति चयन गरेको छ । सङ्गठनको नयाँ कार्यसमितिको अध्यक्ष बादल शाही सर्वसम्मतले चयन भएका छन् भने उपाध्यक्ष मनिसा परियार, सचिवमा मिलन बोहोरा, सह–सचिवमा बिशाल परियार कोषाध्यक्षमा अनिता र अन्य सदस्यहरूमा दलप्रसाद तिलिजा, सुमन थापा, बिक्रम बोहरा, मिडियाना बिश्वकर्मा, सपना मगर, कृष्ण राज पौडेल रहेका छन् भने यस्तै ध्रुव राज शर्मालाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् म्याग्दी र बागलुङ जिल्ला इन्चार्ज बिप्लवको प्रमुख आतिथ्यमा सुरु भएको भेला कार्यक्रममा जनपत्रकार सङ्गठन नेपालको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यद्वय रमाकान्त बास्तोला र केबी गाउँलेको विशेष उपस्तिथि रहेको थियो भने कार्यक्रममा वरिष्ठ लेखक, साहित्यकार तथा लेखक सङ्घका प्रादेशिक सदस्य धुर्ब्र शर्माको उपस्थिति रहेको थियो ।