बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा आज एमालेको पालिका अधिवेशन

काठमाण्डौ/आज नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ ।
बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा एमालेको पालिका अधिवेशन हुन लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आज अधिवेशन हुने छैन । प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । एमालेको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको छ ।

धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।