अमेरिकामा गर्भपतनमा प्रतिबन्ध लगाउने कानुन अस्थायी रूपमा रोकियो

एजेन्सी/अमेरिकाको एक संघीय न्यायधीशले टेक्सासमा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोकिदिएका छन् ।

१ सेप्टेम्वरमा लागू भएको सो कानूनअनुसार टेक्सासमा ६ सातादेखिको गर्भपतन गर्न प्रतिवन्ध छ । सो कानुनको विरोधमा यसै साता अमेरिकाका ५० ओटै सहरमा महिलाहरूले विशाल प्रदर्शन गरेका थिए ।

उनीहरूले महिलाले गर्भपतन गर्न पाउनु पर्ने माग गरेका थिए । जिल्ला न्यायाधीश रोबर्ट पिटम्यानले सो कानुन अस्थायी रूपमा रोकिएको बताए ।