आजदेखि सार्वजनिक यातायातमा रुट परमिट नचाहिने

काठमाण्डौं/आजदेखि सरकारले सार्वजनिक यातायातको रुट परमिट (सडक अनुमति) लिनुपर्ने प्रावधान हटाएको छ ।

दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

योसँगै अब यात्रुवाहक सवारीसाधनहरु मुलुकका जुनसुकै ठाउँमा पनि जान सक्नेछन् । त्यसका लागि सरकारसँग रुट परमिट लिनु पर्दैन । अब काठमाडौं उपत्यकासहित छोटो दुरीका सवारी साधन पनि लामो दुरीका लागि प्रयोग गर्न सकिन्छ ।

धेरै यात्रु एकैपटक उपत्यका बाहिर जाने भएकोले दसैंमा सवारीसाधन अपुग हुन्छन् । जसकारण रुट परमिट खुल्ला गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।