३३ किलो सुन तस्करी प्रकरणः सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको फैसला

काठमाण्डौ/३३ किलो सुन तस्करी प्रकरणमा भरिया मोरङका सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ ।

मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जन्म कैदको सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेको अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले बताउनुभयो

यसैगरी राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ।