Breaking News

सङ्खुवासभाका ६ जनाको हत्यामा संलग्नलाई थुनामा राख्न आदेश

सङ्खुवासभा / जिल्ला अदालत सङ्खुवासभाले मादी नगरपालिका १ उम्लिङ खोला गाउँको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

मादी नगरपालिका १ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई हिजो सोमवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिनुभयो।

अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको उहाँले बताउनुभयो ।

गएको भदौ २१ गते बिहान मादी १ उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

sahid diwas