अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड सुचारु

चितवन/अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।
इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा गएरातिदेखि बन्द भएको सडक पहिरो हटाएपछि बिहान १० बजे पछि सुचारु भएको हो ।
अहिले दुईतर्फी नै गाडी चल्न थालेका प्रहरीले जनाएको छ । तर, गाडीको लामो लाइन भएकाले यो सडकखण्डमा अहिले गाडी चापमा चलिरहेका छन् ।