पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु

गुल्मी/पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गए राति गएको पहिरो परि रेसुंगा नगरपालिका–८ तम्घास थुम्का लाइनका तिलक परियारको तिन छोरीको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा एउटै कोठामा सुतेरहेका छोरीहरु २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको रहेको प्रहरीले जनाएको छ।
पहिरो हटाएर शव निकालिएको छ ।