सर्वोच्चद्धारा कुलमानको नियुक्तिविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौँ /सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश भने दिएन ।
अब कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।