देशभर थप १ हजार ३ सय ३० जनामा कोरोना पुष्टि

काठमाण्डौँ/देशभर थप एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७५ हजार नौ सय ५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय ३० जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५४ हजार पुगेको छ ।

यही अवधिमा थप पाँच जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५३ पुगेको छ ।

अहिले नेपालमा २१ हजार पाँच सय २४ जना सक्रिय सङ्क्रमित रहेका रहेका छन् ।