देशभर थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर १२ हजार ५३२ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ जना गरी जम्मा १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।