चितवनमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन/ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
भरतपुर महानगेरपालिका–२, नारायणगढस्थित गणेशहल अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका १० बस्ने ३१ बर्षिय यदुराज पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
आज (सोमबार) विहान १०ः३० बजेको समयमा ना ८ ख ६२४९ नम्बरको ट्रकले ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको थियो । ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।