एमसीसी विरुद्ध आज पनि चितवनमा प्रदर्शन।

भाद्र २४, चितवन/अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेङ कर्पोरेसन (MCC) को बिरोधमा आज पनि बिरोध कार्यक्रम भएको छ। चितवनको चौबिसकोठिमा स्वतन्त्र युवाहरुको समुहले आज बिरोध प्रदर्शन गरेको हो । एमसिसी रास्ट्रघाती आयोजना भएको भन्दै युवाहरुले बिरोध गरेका हुन । यसै आयोजनाको बारेमा छलफल गर्न को लागि अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज बिहान कतारबाट काठमाडौँ आईसकेकी छन। उनको आगमनले सम्झौता हुनसक्ने भयले आम देशभक्त जनमानस यसको बिरोधमा उत्रिएका हुन ! नेपाल र नेपालिको हित बिपरित भएको भन्दै सुरुवाती चरणदेखि नै यसको बिरोध भैरहेको थियो । युवाहरुले रास्ट्रघाती एमसिसी चाहिदैन, देशलाई पैसामा बेच्न पाईदैन, रास्ट्रघाती सम्झौता खारेज गर, गो ब्याक एमसिसी, देशको स्वाभिमान बेच्न पाईदैन लगायतका प्लेकार्ड सहित बिरोध गरेका थिए । अहिले एमसीसीको बिरुध देशैभर बिरोध प्रदर्शन भैइरहेको छ।