आज र भोलि केही स्थानमा अझै भारी वर्षा, बिहीबारबाट मौसममा सुधार हुने।

काठमाडौं/अहिले केहिदिन यता नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम नियन्त्रण महाशाखाले जनाएको छ।