गुरुङका हत्यारा प्रहरीद्वारा पेस्तोलसहित पक्राउ, केहिबेरमा सार्वजनिक गरिदै!

चितवन , ८ साउन/चितवन प्रहरीले हिजो भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको हिजो भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा भन्ने स्थान नजिकैको पुलमा लाश फेला परेको थियो । उनको टाउकोमा गोलि लागेको थियोे । प्रहरीले घटनास्थलबाट गोलिको खोका समेत बरामद भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले हिजो नै एकजनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेको ब्यक्तिबाट एकथान हतियार समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले अहिले केहिबेरमा पत्रकार सम्मेलन गरेर हत्यारा सार्वजनिक गर्ने तयारी गरेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए ।