चितवनको भरतपुरमा एक पुरुषको शव फेला पर्यो, टाउकोमा गोली हानी हत्या गरिएको हुनसक्ने आशंका

चितवन, साउन ७/चितवनको भरतपुरमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा नजिक पुलमा लास भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाका अनुसार घटना शंकास्पद देखिन्छ।

घटना स्थलमा गोलीको खोका भेटिएको डिएसपी थापाले जानकारी दिए। टाउकोमा चाेट लागेको र घटनास्थलमा गोलीको खोका भटिनुले गाेलि हानि हत्या गरिएको प्रहरी आशंका छ। घटनाबारे थप अनुसन्धान भैरहेकोले अरु विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।