पहिरोको कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक १५ घण्टापछि भर्खरैबाट सुचारु

चितवन/निरन्तरको पहिरोका कारण आज बिहानै देखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक झण्डै १५ घण्टापछि आजै साझ अघि भर्खरैबाट सुचारु भएको छ। बिहान साढे ४ बजे गएको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर अहिले साँझ साढे ७ बजेबाट दुईतर्फी सुचारु भएको हो।
सडक अवरुद्ध हुदाँ १५ किलोमिटर भन्दा बढि गाडी लाम लागेको थियो भने हज्जारौ यात्रुहरु अलपत्र परेका थिए। पछिल्लो समय मुग्लिन–नारायणगढ सडकखण्ड आसपास निरन्तर वर्षा हुने र पहिरो जाने क्रम बढेसँगै पटक पटक राजमार्ग अवरुद्ध हुने गरेको छ। जस्को कारण आम सर्वसाधरणले निकै कष्ट भोग्नु परिरहेको छ।