दलित समदुदाय माथिको विभेद र उत्पिडन अन्त गरिनुपर्ने नारायणकाजी श्रेष्ठ भनाई

सामाजिक एकता र सद्भावको नाममा विभेद र उत्पिडन टिकिराख्न पर्छ भन्नु महा भुल हुने जिकिर

असार २१, काठमाडौं । राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले दलित समदुदाय माथिको विभेद र उत्पिडन अन्त गरिनुपर्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै माओवादी नेता प्रकासले संचारकर्मी रुपा सुनारले जातकै कारण कोठा नपाएको बिषयले चर्चा पाइरहेका बेला दलित समुदायमाथिको विभेद र उत्पिडन हट्नुपर्नेमा जोड दिएका हुन् ।

उनले सामाजिक एकता र सद्भावका नाममा विभेद र उत्पिडन जायज छ भन्न नमिल्ने समेत बताएका छन् ।

“दलित समुदायकमाथिको भेदभाव र उत्पिडनको अन्त गर्नुुपर्छ । सामाजिक एकता र सद्भावको नाममा विभेद र उत्पिडन जायज छ भन्ने काम गर्नुहुन्न र त्यसअन्र्तगत रहेर सामाजिक एकतालाई सुध्रिड गर्नुपर्ने हुन्छ”, नेता प्रकासले भने ।

संचारकर्मी सुनारले असार १ गते काठमाडौंको बबरमहलमा कोठा भाडामा बस्ने कुरा गर्दा घरबेटी सरस्वती प्रधानले दलित भन्दै कोठा दिन नमानेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि पक्राउ परेकी प्रधानलाई अनुसंन्धानकै क्रममा रहेका बेला तेस्रो दिन शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ आफै प्रहरीमा गएर आरोपी प्रधानलाई हिरासत मुक्त गराएका थिए ।

त्यसपछि यो घटनाले देशब्यापी चर्चा पाएको छ । शिक्षामन्त्री आफैले विभेदको प्रसय गरेका कारण उनि राज्यको पदमा बस्न योग्य छैनन् भन्दै संचारकर्मी सुनारले मन्त्री श्रेष्ठलगायत चारजनविरुद्ध हिजो सर्वोच्चमा रिट ददर्ता गरेकी थिइन् । जसको आज वहश हुदैछ ।