चितवनमा नक्कली प्रेस कार्ड बोकेर हिड्ने एक ब्यक्ति पक्राउ।

चितवन/सरकारद्वारा जारी निषेधाज्ञामा आफुलाई पत्रकार हु भन्दै नक्कली प्रेस कार्ड बोकेर हिड्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । आज बिहान प्रहरी चेकिङ्गको क्रममा पक्राउ पर्नेमा बाराको कोल्वी २ खैरा घर भइ हाल भरतपुर महानगरपालिका ३ प्रेसमार्गमा फोटो स्टुडियो सञ्चालन गरि बस्ने रामशरण भेटवाल रहेका छन् । ।
बारा जिल्लाबाट संचालित पलखबर डटकमका प्रधान सम्पादक बताउदै कार्ड बोकेर हिड्ने उनलाई सोधपुछ गर्दा प्रधान सम्पादक नभएको खुल्न आएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

पछिल्लो समय निषेधाज्ञामा जिल्लामा नक्कली प्रेस कार्ड बोकेर आफुलाई पत्रकार हु भन्दै हिड्नेहरुको बिगबिगी बढेको आम गुनासो बढेसंगै प्रहरीले केहिदिन यता प्रेस लेखेर हिड्ने हरुमाथि समेत निगरानी र चेकिङ्ग बढाईएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।