राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई विप्लवको चेतावनी !

१० जेष्ठ, २०७८, सोमबार/ चितवन/नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई कडा चेतावनी दिएका छन् ।
केपी ओली नेतृतवको सरकारकाे मन्त्रिपरषद्बारा पेश भई हिजो आइतबार राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् ।
‘नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्ने हुन्छ ।
अतः हाम्रो पार्टी त्यस्ता राष्ट्र हितविपरीतका कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’ विज्ञप्तिको पूर्णपाठ यस्तो छ।