चितवनको भरतपुरमा शंकास्पद वस्तु भेटियो:बम हुनसक्ने आशंका

चितवन/चितवनको भरतपुरमा शंकास्पद वस्तु फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ वाईपासरोडमा उक्त शंकास्पद वस्तु फेला परेको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ आँखा अस्पताल अगाडी बम लेखिएको शंकास्पद वस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ । वम लेखिएको शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द गरि नेपाली सेनाको टोलिले वम भए नभएको यकिन गरिरहेको छ ।

विप्लव नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्दको आह्वान गरेकोले सोहि पार्टीका कार्यकर्ताले बम राखेको हुनसक्ने आशंका गरिएको छ ।