श्री चन्द्र एम. एम. का संस्थापक मदनकाे स्थानीयलाई राहत ।

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ६२ दिन पुरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको अवस्था छ। लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ।
दैनिक ज्याला मजदुरी गरेर दुई छाक टार्ने मजदुर परिवारहरु यसको प्रत्यक्ष मारमा परेको प्रष्ट देखन सकिन्छ। यसैलाई मध्यनजर गर्दै मुगुको साेरु गाउँपालिका वडा नम्बर १० र ११का विपन्न परिवारका लागि स्थानीय युवा समाजसेवी एवं श्री चन्द्र एम एम बोर्डिङ स्कुलका संस्थापक मदन बहादुर मल्लले राहत सामग्री प्रदान गरेका छन् ।

उनले वडा नम्बर १० का सबै (२८९) परिवार र ११ नम्बर वडाका ५३ दलित परिवारलाई राहत प्रदान गरेका हुन । मल्लले खाने धारा तेल, नुन, साबुन लगायतका बस्तुकाे खरिद ढुवानीसमेत गरेर करिब ८५ हजार बराबरको राहत सामग्री सहयोग गरेकाे बताएका छन् ।

विपतको घडीमा दैनिक चुल्हो बाल्न कठिनाई भएका वडाका बासिन्दालाई केही भए पनि राहत प्रदान गर्नका लागि सहयोग गरेको मल्लले बताए । समाजसेवी मल्ल नेकपाकाे कर्णाली प्रदेश परिषद कमिटी सदस्य समेत हुनुहुन्छ । ।