चितवन सहित थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

नेपालमा चितवन सहित थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनको भरतपुर महानगरपालिका(६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला संक्रमित रहेका छन् । नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका(५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।

त्यस्तै, कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका(७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।