नेपालमा बढदै कोरोना भाईरस, शनिबार मात्र थपिए ३२ जना ।

नेपालमा कोरोना भाईरस संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ । एक हप्ता अघिसम्म दुई अंकमा सिमीत रहेको भाईरसबाट संक्रमितको संख्या दिनानुदिन बढदै गईरहेको हो । संक्रमितको संख्या शनिबार बिहानै मात्र थप बढेको छ । शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही, चितवन, सर्लाही, बारा र काठमाडौं,मा गरी थप जम्मा३२ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ बर्षका पुरुष र २७ वर्षीया महिला संक्रमित रहेकी छन् । 

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ बर्षका पुरुषहरु रहेका छन् । यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर(६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् ।
यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ