चितवनमा लकडाउन उल्लंघन गर्ने ९८ जना प्रहरी नियन्त्रणमा

चितवन/चैत १५/लकडाउनको पाचौँ दिन आज (शनिबार) चितवनमा लकडाउन उल्लंघन गर्ने ९८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाका विभिन्न स्थानमा लकडाउनको उल्लङ्घन गर्दै सवारी साधन चलाउने र बिना कुनै कारण घर बाहिर हिँड्ने मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय र माताहतका इकाइहरुले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा पर्नेहरुमा ९३ पुरुष र ५ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै प्रहरीले ४३ मोटरसाइकल, ३ स्कुटी, एउटा कार र १२ वटा साइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।