लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बाट निर्णय हुदै ।

काठमाडौं/सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९)रोकथाम तथा नियन्त्रणका लागि गरेको एक साता लामो लकडाउन फेरि थप एकसाता लम्ब्याउने तयारी गरेको बुझिएको छ।
आज आइतबार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले नेपालमा बढेको कोरोनाको जोखिमलाई मध्येनजर गर्दै लकडाउन कम्तीमा थप एक साता र बढीमा १५ दिनसम्म लम्ब्याउने तयारी गरेको बुझिएको छ
सरकारले गएको मंगलबार चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गरिरहेको छ । लगातार थप पाँचौँ संक्रमित फेला परेपछि जोखिम न्यूनिकरण गर्न लकडाउन थप गर्न लागेको सरकारी स्रोतको भनाइ छ ।
स्रोतका अनुसार सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने पनि तयारी गरेको छ । बैङ्कको व्याज मिनाहदेखि व्यवसायीहरुलाई कर्जा छुट, मजदुर बर्गलाई जीवन धान्न दिइने राहतको घोषणा पनि गर्ने तयारी छ ।
शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ भने विश्वभर ६ लाख बढी संक्रमित छन् । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ ।