सर्लाहीमा तस्करलाई स्वर्णयुग ! खुलेआम तस्करी भईरहदा पनि प्रदेश प्रहरी किन बेखबर?

सुर्य बराल । सर्लाही । १५ फागुण । पुर्बि तराईको सर्लाही जिल्लामा यतिखेर तस्करहरुको लागी स्वर्ण युग नै आएजस्तो भएको छ । जिल्लाका एकदर्जनभन्दा बढी स्थानबाट खुलेआम तस्करी भईरहेपनि प्रहरी प्रशासनले कुनै कार्बाही नगर्दा तस्करहरुलाई स्वर्ण युग नै आएजस्तो भएको हो ।
एक गोप्य श्रोतका अनुसार सर्लाहीको मलङ्गवा नाका लगाएत जिल्लाका महोत्तरीसँग सिमा जोडीएका नाकाहरुबाट बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म खुलम खुल्ला तस्करी भईरहेको हो । जिल्लाको मलगंवाको अलवा पश्चिम तर्फका समराठेनारा, बाराउधोरन, गडैया डुमरिया, छम्कीटोलासम्म त्यस्तै पुर्बतर्फ त्रिभुवननगर, गोरखकालीचौकी देखि महोत्तरीको सिमासम्म भारतीय नाकाबाट नेपाल तर्फ खुलेआम तस्करी भईरहेको पाईएको हो ।
 तस्करीमा प्रहरीकै घुमुवाहरु सम्लग्न रहेको श्रोतको दाबी छ । श्रोतका अनुसार जिल्लाका घुमुवा कमाण्डर प्रहरी ईन्सपेक्टर राजु कुर्मी लगाएत एकदर्जन बढी सादा पोशाकका हिड्ने घुमुवा प्रहरीहरु तस्करहरुसँग असुली धन्दामा ब्यस्त हुने गरेका छन् ।
 जिल्ला प्रहर िकार्यालयमा प्रशासन तथा अपराध अनुसन्धान शाखा हेर्ने जिम्बेवारी पाएका कुर्मिकै नेतृत्वमा घुस्याहा प्रहरीको रुपमा पटक पटक बदनाम भईसकेका प्रहरी नायब निरिक्षक असई मोहन यादब र प्रहरी जवान ध्रुब यादब लगाएतका घुमुवा प्रहरीहरु ब्यापक असुली धन्दामा लागेको श्रोतको भनाई छ । श्रोत भन्छ, यसैपनि तराईका जिल्लाहरुमा बढी नै तस्करी हुने जिल्लामा अहिले तिन महिनायता त तस्करीको लागी स्वर्णयुग नै आएजस्तै भएको छ ।
नयाँ एसपी बिश्वमणी पोख्रेल आएपछी जिल्लामा तस्करीको लाईन ह्वात्तै बढेको श्रोतको दाबी छ ।

श्रोतका अनुसार भारतबाट नेपालतर्फ कपडा, चिनी, ईलेक्ट्रनिक्स, हार्डवेयर लगाएतका सामानहरु तस्करी भईरहेको छ भने तेश्रो मुलुकबाट नेपाललाई भनि आयात गरिएका छोकडा, मरिच, केराउ, सुपारी, ल्वागं लगाएतका सामाग्रीहरु नेपालबाट भारततर्फ तस्करी भईरहेको हो । तस्करीको यस्तो कार्यमा जिल्लाका नामुद तस्करहरु लागेको पाईएको छ ।
यसरी तस्करी गर्नेहरुमा जिल्लाको नामुद तस्कर राजकिशोर यादब अग्रस्थानमा आउँछन । यादबले ईलेक्ट्रोनिक्स र हार्डवेयरको सामान तस्करी गर्ने गरेको श्रोतले जानकारी दिएको छ । त्यस्तै अर्का नामुद तस्कर उमेश पट्टेलले नेपालबाट मरिच,कपडा, प्याजको तस्करी गर्ने,त्यस्तै अर्का तस्कर हाफिम अन्सारीले कपडा लगाएतका सामानहरु तस्करी गर्ने गरेको श्रोतको दाबी छ ।
 श्रोतका अनुसार अन्य पोके ब्यापारीहरु त् दर्जनौं छन् ठुला तस्कर मात्र एक दर्जन रहेका छन् जस्ले असई यादब मार्फत सिधै एसपीसँग मोलमोलाई गरी लाईन मिलाएर काम गर्ने गरेका छन् । असई मोहन यादब तिनै ब्यक्ति हुन् जसलाई एउटा जैसवाल थर भएका एक दुइनम्बरी ब्यापारीको ८० हजार रकम घुस खाएको आरोपमा केही महिना अघि प्रदेश प्रहरीले स्पष्टिकरणको लागी बोलाएको थियो ।
तर प्रदेशमा समेत सेटिङ्ग मिलाएको आशंका गरिएका यादबले होटलमा यौनधन्दा गराउने होटलवाहरुसँग समेत मोटो रकम असुल्ने गरेको श्रोतको दाबी छ । जिल्लामा ह्वात्तै तस्करी बढ्नु र यादबको असुलीले सिमा नाघ्दै गर्दा जिल्ला प्रहरी प्रमुख मौन र मुकर्दशक देखिनुले कत्ता एसपी पोख्रेलकै संरक्षणमा यादबको अबैध असुली र बर्दीको आडमा केही प्रहरीको कमाउधन्दा सञ्चालन गर्न सर्लाहीमा तस्करलाई स्वर्णयुग ! ल्याईएको त् होईन भन्ने आम आशंका छ ।
सर्लाहीमा मात्र होईन पुर्बी तराईका बारा, पर्सा, रौंतहट, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा समेत केही महिना यता तस्करी गर्नेहरुलाई लाईन खुलेको अर्को एक भरपर्दो श्रोतको दाबी छ । प्रदेश दुईका सर्लाही लगाएतका जिल्लाहरुमा खुलेआम तस्करी भईरहदा प्रदेश प्रहरी किन बेखबर बनि बस्नुमा समेत गम्भिर अर्थ लुकेको हुनसक्ने जानकारहरु नै बताउछँन् ।
यसैबिच सर्लाहीका एसपी बिश्वमणी पोख्ललाई सम्पर्क गर्दा उनले बोक्ने नं.डिएसपी प्रतिकसिंह राठोरले लिएका थिए । डिएसपी राठोरलाई जिल्लामा त् तस्करहरुलाई स्वर्ण युग नै आएको चर्चा छ नी भनि सोधेको प्रश्नमा उनले यस बिषयमा एसपी साब आएपछी बुझ्न भने । यता प्रदेश प्रहरी प्रमुख एसएसपि राजेन्द्र चौधरीले यस बिषयमा आफुहरुले तत्काल अनुसन्धान थाल्ने बताए ।