ग्लोबल रिचको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’ सम्पन्न

चितवन/शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयरु सम्पन्न भएको छ । आज ९शनिबार० भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न शैक्षिक मेलाको कलाकार सिताराम कट्टेल (धुर्मुस) ले उद्घाटन गरेका थिए ।
शैक्षिक मेलामा ४ सय भन्दा बढी विद्यार्थीहरुले परामर्श लिएको ग्लोबल रिचका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिए । मेलामा अष्ट्रेलियाका प्रतिष्ठित ११ वटा युनिभर्सिटी तथा कलेजहरुले उपस्थित विद्यार्थीहरुलाई परामर्श दिएका थिए । विद्यार्थीहरुले अष्ट्रेलिययन युनिभर्सिटी तथा कलेजका बिषयमा परामर्श लिएको पौडेलले बताए । उनिहरुले त्यहा पढाई हुने बिषय, छात्रवृत्ती, अष्ट्रेलियन रहनसहन लगायतको बिषयमा पनि परामर्श लिएको पौडेलले बताए ।

शैक्षिक मेलाको माध्यमबाट अष्ट्रेलियाको युनिभर्सिटी तथा कलेजका बिषयमा धेरै जानकारी प्राप्त गरेको परामर्श लिएका विद्यार्थीहरुको भनाई छ । एउटै छाता मुनी धेरै बिषयको परामर्श लिन पाउदा सजिलो भएको उनिहरुले बताए । मेलामा विद्यार्थीहरुले पीएसडब्लु भिषाको बिषयमा पनि परामर्श लिएका थिए । यस्तै उपस्थित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अस्ट्रेलियाको ‘डिपार्टमेन्ट अफ होम अफेयर्स’ ले नेपाललाई लेभल–३ एसेसमेन्ट लेभलमा राखेपछीको प्रकृयाहरुको बिषयमा पनि परामर्श दिएको पौडेलले बताए । मार्च अप्रिल र जुलाई इन्टेकलाई लक्षित गर्दै आयोजना गरिएको मेलामा उपस्थित विद्यार्थीहरु मध्य केहीलाई लक्की ड्र मार्फत आईईएलटीएस तथा टोफेलका कक्षा निशुल्क दिईने उनले बताए ।

यस्तै उपस्थित सबै विद्यार्थीहरुलाई उपहारको समेत व्यवस्था गरिएको थियो । सोही मेलामा तीन वटा बैंकहरुले पनि बैंकिक प्रकृया बारे परामर्श दिएका थिए । नबिल बैंक, एसबीआई बैंक र सिदार्थ बैंकको स्टलबाट विद्यार्थीहरुले बैंकिक प्रकृया बारे परामर्श दिएको पौडेलले जानकारी दिए । ग्लोबल रिचले हरेक बर्ष दुई वटा शैक्षिक मेला आयोजना गर्दै आईरहेको छ । आईतवार सम्पन्न मेला बर्ष २०२० को पहिलो हो ।