भेटघाट रेष्टुरेन्टको चौंथो शाखा हेटौँडामा

चितवन/माघ ५९/चितवनको चर्चित ‘तास रेष्टुरेन्ट’ भेटघाट रेष्टुरेन्टले आफ्नो चौंथो तथा नयाँ शाखा हेटौंडामा सञ्चालनमा ल्याएको छ । हेटौडाको चौकी टोलमा ६ कठ्ठा क्षेत्रफलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

करिब सवा करोडको लगानीमा खुलेको यस शाखामा एक पटकमा १४० जानाले सेवा लिन सक्ने भेटघाट रेष्टुरेन्टका सञ्चालक महेश तिवारीले जानकारी दिए । यस रेष्टुरेन्टमा चाहिने मसला लगाएतका सामाग्री चितवनबाटै जाने हुनाले स्वादमा फरक नपर्ने तिवारीको दाबी छ। ‘हामीले काठमाडौंमा झै हेटौंडामा पनि तास चितवनबाटै मसलामा मोलेर पठाउछौँ।

त्यसकारण हाम्रा सबै ठाउँको स्वाद एउटै हुन्छ,’ उनले भने। उनका अनुसार यस रेष्टुरेन्टमा तास, इण्डियन, चाइनिज, नेपाली खाना र खाजा लगाएत सबै कुराको व्यवस्था छ। हेटौंडाको यस शाखामा २४ जानाले रोजगारी पाएका छन्। २०४४ सालमा चितवनमा खुलेको यस रेष्टुरेन्ट तास खानाको सुरु गर्ने नेपालकै पहिलो रेष्टुरेन्ट हो ।नारायणगढको शहिदचोकमा स्थापित भेटघाट रेष्टुरेण्टले यसअघि नै काठमाण्डौंको हनुमानस्थान र जेम्सवर्ड फनपार्क भित्र आफ्नो शाखा सञ्चालन गरिसकेको छ ।