चितवनको नारायणगढमा रहेको नेपो फर्निचरले ल्यायोे एक्सचेन्ज अफर


चितवन/चितवनको नारायगढमा रहेको जिल्लाकै सबैभन्दा पुरानो तथा स्थापित फर्निचर नेप्पो फर्नीचरले एक्सचेन्ज अफर ल्याएको छ। विगत २५ बर्षदेखि गुणस्तरयुक्त फर्निचर उत्पादन एंव बिक्रिवितरण गर्दै आएको नेपो फिनिसिङ्ग ईण्डष्ट्रिजको आयोजनामा आगामी माघ १८ गतेदेखि फागुन ४ गतेसम्म फर्निचर एक्सचेन्ज अफर सुरु हुने भएको हो । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा ईण्डष्ट्रिजका महाप्रबन्धक सूर्य कडँलले एक्सचेन्ज अफर बारे जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै उनले ग्राहकवर्गहरुकोमाग र चाहनालाई ध्यान राख्दै नेपो फर्निचर एक्सचेन्ज अफर सुरु गर्न लागेको जानकारी दिए ।
“आधुनिककरणसगैँ हरेक वस्तुको एक्सचेन्ज अफर हुदै आएको छ, उनले भने यहि परिवेशमा गुणस्तरीय फर्निचर उत्पादनको दुनियाँमा अलग पहिचान बनाएको नेपोले पनि जुन सुकै पुरानो तथा उपयोगिता कम भएको फनिर्चर एक्सचेन्जसगैँ वा बेच्नसक्नुहुन्छ ।” उनले भने ।
विभिन्न समाजिक सहयोगका क्षेत्रमा समेत अब्बल भूमिका निभाएको नेपोले एक्सचेन्जमा आएको पुरानो फर्निचर निशुल्क रुपमा विपन्न वा आवशयक क्षेत्रमा वितरण गर्ने समेत जानकारी दिएको छ । नेपो जिल्लाकै एक मात्र आर्ईएसओ ९००१ २०१५ सटिफाई कम्पनी समेत रहेको साथै अफरमा विभिन्न किसिमका अन्य छुट समेत रहेको कम्पनीले जनाएको छ ।