इन्डो–प्यासिफिक रणनीति चीनलाई घेर्नका लागि ल्याइएको हो : रुसी परराष्ट्रमन्त्री सर्गे लाभरोभ


अमेरिकाले ल्याएको इन्डो–प्यासिफिक रणनीतिमाथि प्रहार गर्दै रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले विद्यमान संरचनालाई भताभुंग बनाउन तथा चीनलाई घेर्नका लागि यसको शुरूआत गरिएको बताएका छन् ।
भारतको दिल्लीमा आयोजित राइसिना डायलोगमा बुधवार आफ्ना कुरा राख्दै उनले मूढेबल लगाएर समतामूलक लोकतान्त्रिक व्यवस्थालाई प्रभावित पार्न नसकिने बताए ।
लाभरोभले भारत र ब्राजिल पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य बन्नुपर्ने विषयमा समर्थन गरे ।
उनले भने, ‘एसिया प्यासिफिकलाई किन इन्डो–प्यासिफिक भन्नुपर्‍यो रु यसको उत्तर स्पष्ट छ– चीनलाई बाहिर पार्न । कुनै पनि शब्दावली एकताबद्ध गर्ने किसिमको हुनुपर्छ, विभाजनकारी हुनुहुँदैन । एससीओ र ब्रिक्सले कसैलाई बाहिर पारेका छैनन्,’ लाभरोभले बताए ।
‘हामीले इन्डो–प्यासिफिक एसिया प्यासिफिकभन्दा कसरी भिन्न छ भनी आरम्भकर्ताहरूलाई सोध्दा यो बढी लोकतान्त्रिक छ भने । तर हामीलाई त्यस्तो लाग्दैन । यो सोझो कुरा हैन । शब्दावली हेर्दा राम्रो लागे पनि वास्तवमा त्यसो छैन, त्यसमा हामी सचेत हुनुपर्छ,’ उनले भने ।
एजेन्सी