भु माफियमाथिको बिप्लब एक्सन शुरु : ढकालको घरमा बम विस्फोट


काठमाडौं । प्रतिबन्धित नेकपा ले भूमाफिया माथिको कारवाही शुरु गरेको छ । यसैक्रममा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा आज साँझ बम विस्फोट भएको छ । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको भूमाफिया ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् । बम विस्फोट किन र कसले गराएको भन्नेबारे केही नखुलेको बोगटीले जनाए । विस्फोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।